२०८३ आश्विन १७ गते , शनिबार

बिर्तामोड र मेचीनगरमा रोकिएको मत गणना अझै शुरु भएन

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
बिर्तामोड र मेचीनगरमा रोकिएको मत गणना अझै शुरु भएन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकामा हिजो बेलुका अबेरदेखि रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन ।

बिर्तामोडको मतगणनास्थलमा अधिकांश एमाले निकटका करारका कर्मचारी राखिएको, मतगणना स्वच्छ हुन नसकेको भन्दै राप्रपा र गठबन्धन दलका प्रतिनिधिहरुले आशंका जनाउँदै मत गणना रोक्न माग गरेको थियो ।

मेचीनगरमा सर्वदलीय बैठक बसिरहेको र बिर्तामोडमा बस्ने तयारी भइरहेको छ ।  

सम्बन्धित समाचार