२०८३ आश्विन १७ गते , शनिबार

अर्जुनधारा १ को वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
अर्जुनधारा १ को वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी

बिर्तामोड । झापाको अर्जुनधारा वडा नम्बर १ को मत गणना सकिएको छ । वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् । बस्नेतले १५९४ मत प्राप्त गरेका छन् ।

बस्नेतले निकटतम प्रतिद्वन्दी विष्णुलाल ढकाललाई १४० मतान्तरले विजयी बनेका हुन् ।

वडाध्यक्ष बाहेक अन्य सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी बनेका छन् । विजयी अन्य उम्मेलवारहरु महिला सदस्य  मुना खत्री (१५१७), महिला सदस्य इन्दिरा रामदाम (१६३१), वडा सदस्यहरु   मदन लिमेल (मगर) १६५९ र दिनेशकुमार घिमिरे (१४९४) रहेका छन् ।

वडा नम्बर १ मा ४७४६ मतदाता रहेकोमा ३५८१ मत खसेको थियो ।

वडा नम्बर १ बाट नगसप्रमुखमा एमालेलाई १७५७, कांग्रेसलाई १३६४ र राप्रपालाई १६४ मत प्राप्त भएको छ । त्यस्तै उपप्रमुखमा एमालेलाई १६५८, माओवादी केन्द्रलाई ९१३ र राप्रपालाई २०६ मत प्राप्त भएको छ ।

सम्बन्धित समाचार