२०८३ बैशाख ६ गते , आईतबार
हल्दिबारी-१ मा राप्रपाको प्यानल विजयी
बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । राप्रपाका वडाध्यक्ष देविबहादुर थापाको प्यानल विजयी भएको हो ।
विजयी थापाले १९६८, महिला सदस्य शान्ता खतिवडा शिवाकोटीले १७७१, दलित महिला सदस्य रुपा रसाइलीले २०३८ र वडा सदस्यहरु कुलबहादुर राईले एक छापमा १९४१ र प्रकाश का र्कीले दुई छापमा १९७४ मत प्राप्त गरेको निर्वाचन कार्यालय हल्दिबारीले जनाएको छ ।