२०८३ बैशाख ६ गते , आईतबार

एमालेले बिर्तामोडमा खाता खोल्यो

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
एमालेले बिर्तामोडमा खाता खोल्यो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्ष पदका उम्मेदवार अग्निप्रसाद पाण्डेको प्यानल विजयी भएको हो । पाण्डे निवर्तमान वडाध्यक्षसमेत हुन ।

विजयी पाण्डेले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बलराम कार्कीलाई पराजित गरेका हुन ।

महिला सदस्य यमुनादेवी आचार्य, दलित महिला सदस्य कमला महरा दर्जी र वडा सदस्यहरु टेकबहादुर अधिकारी र योगचन्द्र आङ्बुहाङ विजयी बनेका हुन ।

सम्बन्धित समाचार