२०८३ बैशाख ६ गते , आईतबार
इलाम-४ मा कांग्रेसको प्यानलै विजयी
बिर्तामोड । इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी बनेको छ । नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार नुतनदेव दुलालले नेकपा एमालेका उम्मेदवार धनपति दुलाललाई २२० मतको भारी अन्तरले पराजित गरेका हुन । नुतनदेवले ९७८ मत प्राप्त गर्दा धनपतिले ७५८ मत प्राप्त गरेका थिए ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका नुतनदेव निवर्तमान वडाध्यक्ष हुन् भने धनपति शिक्षण पेशाबाट राजीनामा दिएर वडाध्यक्ष पदको उम्मेदवार बनेका थिए ।
विजयी अन्य उम्मेदवारहरुमा महिला सदस्य सुर्यमाया राई (९६९), दलित महिला सदस्य शुसिला विक (९५४), वडा सदस्य विष्णु सुब्बा (९४७) र पारसमणी काफ्ले (९४६) मत सहित विजयी बनेका छन् ।