२०८३ आश्विन १७ गते , शनिबार

बुद्धशान्ति–१ मा एमालेको प्यानल विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २ गते , सोमबार
बुद्धशान्ति–१ मा एमालेको प्यानल विजयी

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्ष पदका उम्मेदवार अनिल वाग्लेको टिम विजयी भएको हो ।

वाग्लेले २०४३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमन्तराज बरालले १३५० मत प्राप्त गरेका थिए । यता राप्रपाका गिरीराज दंगालले ७५१ मत प्राप्त गरे ।

महिला सदस्यमा दुतसादेवी खतिवडा (१७२२), दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा (१६५९) र वडा सदस्यहरु लक्ष्मीप्रसाद कँडेल (१४२१) र मोहनकुमार राई (१३६०) मत सहित विजयी बनेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार