माङसेबुङमा एमालेका हेमन्त राई विजयी
बिर्तामोड । इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । राईले नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिङगोलाई ३२३ मतान्तरले पराजित गरेका हुन ।
राईले ३८१८ मत प्राप्त गरेका थिए भने इदिङगोले ३४९५ मत प्राप्त गरेका थिए । इदिङगो निवर्तमान गाउँपालिका अध्यक्ष हुन ।
उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोदकुमार नेम्बाङले ३७२९ मतसहित विजयी बने । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुनिता सुब्बाले ३०४६ मत प्राप्त गरिन् ।
माङसेबुङ १ को वडाध्यक्षमा नेकपा एमाले का भूपाल योङहाङ ७७३ मतसहित विजयी बने । नेपाली कांग्रेसका भक्तराज लिम्बुले ६४० मत प्राप्त गरेका थिए ।
वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर बस्नेत ७५१ मत सहित विजयी बने । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पृथ्वीमान जबेगुले ४१४ मत ल्याएका थिए ।
वडा नम्बर ३ को वडाध्यक्षमा माओवादी केन्द्रका लक्षुमन राई विजयी भए । उनले ७६० मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका कुलबहादुर लिम्बुले ६६८ मत प्राप्त गरे ।
वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एमालेका नविन लिम्बु ३२५ मत प्राप्त गरी विजयी बने भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिलकुमार राईले २७१ मत प्राप्त गरेका थिए ।
वडा नम्बर ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई ८३७ मत सहित विजयी बनेका छन् । उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सुवदल सेलिङले २२८ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा नम्बर ६ मा नेकपा एमालेका प्रदिप साम्पाङले ८३० प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईले ३२४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।