बिर्तामोड-१० मा गुरुङको प्यानल अगाडी
बिर्तामोड । झापा बिर्तामोड वडा नम्बर १० मा दुर्योधन गुरुङको प्यानलले अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार गुरुङले ११०४ मत प्राप्त गर्दा नेकपा एमालेका रिमानध्वज सुब्बाले ८९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका धनमाया श्रेष्ठको ९४४ र नेकपा एमालेकी गीता घिमिरेको ८७६ मत छ । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार दिपिका सिवाको १०४० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी पुणर्िमा लाम्गादे (विश्वकर्मा) को ६७९ मत छ ।
वडा सदस्यमा नेपाली कांग्रेसका खुवराज भट्टराईको ८६०, पञ्चधन राईको ९३२ मत छ । नेकपा एमालेका प्रेमबहादुर पौडेलको ५३८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पृथीबहादुर बस्नेतको ८९८ मत रहेको छ ।
वडा नम्बर १० मा नेकपा एमालेले दलित महिला सदस्य र एउटा वडा सदस्य राप्रपालाई दिएको थियो ।
वडा नम्बर १० मा ५६९३ जना जम्मा मतदाता रहेकोमा ४०६५ मत खसेको छ भने हालसम्म २३१० मत गणना भइसकेको छ ।