२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड-१० मा एक सदस्यबाहेक कांग्रेसको टिम विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३ गते , मंगलबार
बिर्तामोड-१० मा एक सदस्यबाहेक कांग्रेसको टिम विजयी

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका दुर्योधन गुरुङ विजयी भएका छन । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रिमानध्वज सुब्बालाई पराजित गरेका हुन ।  गुरुङले १९९३ मत प्राप्त गर्दा सुब्बाले १५५९ मत प्राप्त गरेका थिए । विजयी गुरुङ निवर्तमान वडाध्यक्ष हुन ।
महिला सदस्य धनमाया श्रेष्ठ (१७१६), दलित महिला सदस्य दिपिका सिवा (१८५८) र वडा सदस्य पन्चधन राई (१६९४) विजयी भएका छन । एउटा वडा सदस्यमा राप्रपाका पृथीबहादुर बस्नेत विजयी भएका छन बस्नेतले १५६३ मत प्राप्त गरेका छन । यो वडामा नेकपा एमालेले राप्रपासँग तालमेल गरेको थियो । 

सम्बन्धित समाचार