२०८३ बैशाख ६ गते , आईतबार
बिर्तामोड प्रमुख र उपप्रमुखमा एमाले विजयी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नगर प्रमुखमा पवित्रादेवि महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौला विजयी भएका हुन ।
महतराले १६५२० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२७६२ मत मात्र प्राप्त गरेका थिए ।
उपप्रमुखमा संग्रौलाले १५५८६ प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार सिपी कडरियाले ८४५१ मत प्राप्त गरेका छन ।
बिर्तामोड १,२,३,४,७ र ९ को वडाध्यक्षमा नेकपा एमालेले जितेको छ भने वडा नम्बर ५,६ र १० मा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन । वडा नम्बर ८ मा राप्रपाले जितेको छ भने बिर्तामोडमा माओवादी शून्य भएको छ ।