२०८३ बैशाख ६ गते , आईतबार
अपाङ्गलाई निःशुल्क स्वास्थ्य विमा र विपन्नलाई एक हजार घर निर्माण : नगरप्रमुख तामाङ
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार उनीहरुले सपथ लिएसँगै पदभारसमेत ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि अर्जुनधाराका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले दुई वटा महत्वपूर्ण निर्णय गरेका छन् । तामाङले अपाङ्गहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेका छन् । त्यस्तै पाँच बर्षभित्र विपन्न परिवारलाई एक हजार घर निर्माण गरिदिने तामाङ्गले निर्णय गरेको पालिकाका प्रेस सल्लाहकार नन्दु खतिवडाले जानकारी दिए ।
तामाङले गठबन्धनका उम्मेदवार रंजिता कार्कीलाई पराजित गरी नगरप्रमुख पदमा विजय हासिल गरेका थिए । तामाङ अर्जुनधारा–१० का निवर्तमान वडाध्यक्षसमेत हुन ।