२०८३ बैशाख ६ गते , आईतबार

बालेन साह २० हजार मतान्तरसहित अगाडी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ११ गते , बुधबार
बालेन साह २० हजार मतान्तरसहित अगाडी

बिर्तामाण्डौ काठमाण्डौमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार बालेन साह (बालेन्द्र) २० हजार मतले अगाडी छन् यो समाचार तयार पार्दासम्म बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठको ३४ हजार ६०८ मत रहेको

काठमाण्डौ महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन पेशाले इञ्जिनियर हुन् उनी इञ्जिनियरिङसँगै गायन क्षेत्रमा समेत संलग्न छन् साह काठमाण्डौका युवाहरुमा र्यापरको रुपमा परिचित छन् लौरो चुनाव चिन्ह पाएका बालेनको यतिबेला सर्वत्र चर्चा भइरहेको

चुनावको मुखमा एक कार्यक्रममा सहभागी एक महिलासँगको संवादको बिषयलाई लिएर विवादमा परेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन् उनले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्

मुलुककै राजधानी काठमाण्डौमा स्वतन्त्र उम्मेदवारले अरु उम्मेदवारलाई पछाडि पारिरहँदा दलहरुप्रति जनताको वितृष्णा बढेको कतिपयले चर्चा गर्न थालेका छन् पूर्वको सुनसरीस्थित धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई प्रमुख पदमा निर्वाचित भएका छन् भने सुदूरपश्चिम कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरसहित विजयी भएका छन्   

सम्बन्धित समाचार