२०८३ बैशाख ६ गते , आईतबार

निर्वाचित जनप्रतिनिधीलाई सम्पत्ति सार्वजनिक गर्न नेकपा एसको निर्देशन

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १२ गते , विहीबार
निर्वाचित जनप्रतिनिधीलाई सम्पत्ति सार्वजनिक गर्न नेकपा एसको निर्देशन

काठमाण्डौ नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधीहरुलाई जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको पार्टीका महासचिव डा. बेदुराम भुसालले विज्ञप्ति जारी गरेर जनप्रतिनिधिलाई निर्धारित समयमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता भ्रष्टाचारमुक्त भई सरल जीवनशैली असल आचरण अवलम्बन गर्न आग्रह गरेका छन्

पार्टीको निर्णय निर्देशनको पालना गर्न  विज्ञप्तिमा आग्रह गरिएको जनताले ठूलो विश्वास गरेर मत दिएकाले जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न एकीकृत समाजवादीले भनेको

ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता कर्तव्यनिष्ठापूर्वक मुलुक जनताको हितमा कार्यसम्पादन गर्न निजी स्वार्थबाट टाढा रहन एकीकृत समाजवादीले निर्देशन दिएको  

सम्बन्धित समाचार