महानगरका कान्छो मेयरको रुपमा बालेन विजयी
काठमाण्डौ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन्। बिहीबार राति मतगणना सकिएपछि बालेन्द्र मेयरमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ३२ बर्षीय बालेन महानगरमा विजयी उम्मेदवारहरु मध्ये सबैभन्दा कान्छा मेयर हुन् ।
मोरङ्गको विराटनगर महानगरपालिकामा ४८ बर्षीय नागेश कोइराला मेयरमा विजयी भएका छन् भने भरतपुरमा ४५ बर्षीया रेनु दाहाल विजयी भएकीछिन् ।
पोखरा महानगरमा ५२ बर्षीय धनराज आचार्य, वीरगञ्जमा ५१ बर्षीय राजेशमान सिंह र ललितपुरमा ६५ बर्षीय चिरीबाबु महर्जन विजयी भएका छन् ।
काठमाण्डौमा बालेन्द्रले ६१ हजा र ७६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाइन् । उपमेयरमा ६८ हजा र ६१२ मतसहित नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन्।