यामाहाको उच्च प्रविधियुक्त ‘एफजेडएक्स १५०’ अब बिर्तामोडमा
बिर्तामोड । यामाहाको नयाँ बाइक एफजेडएक्स १५० झापाको बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको झापाका लागि आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकमा बुधवार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सार्वजनिक गरेका हुन ।
कम्पनीका एरिया सेल्स मेनेजर अश्विन बुढाथोकीका अनुसार एफजेडएक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ वाइक हो । यो भर्सनमा एलसिडी मिटर र ब्लुटुथ कनेक्ट जस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइन सहित तयार पारिएको छ । ‘राइड फ्री’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायी यात्रा गर्न रुचाउने बाइक प्रेमिहरूलाई लक्षित गरि तयार पारिएको कम्पनीले जनाएको छ ।
यामाहाका अन्य मोटरसाइकलहरू भन्दा केही फरक प्रविधि जडान भएको कम्पनीको दाबी छ । यो बाइकमा भारत स्टाण्डर्ड सिक्स प्रविधिको प्रयोग गरिएको बताइएको छ ।
उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टु लेबल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रण्ट फोर बुटका साथ स्थर टेलिस्कोपी सस्पेन्सन र ब्लुटुथ कनेक्ट जस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाईएको कम्पनीका सेल्स् एरिया मेनेजर बुढाथोकीले जानकारी दिए ।
डिआरएलका साथ बाई फङसनल एलईडी हेडलाइट र ओभल सेपको इलईडी रिङ टेललाइटले बाइकको भिजुअललाई थप आकर्षक प्रदान गरेको सयपत्री ट्रेडलिंकका सञ्चालक बिनोद बस्नेतले बताए । तीन वटा कलरमा उपलब्ध एफ जेड एक्स १५० को मूल्य ४ लाख २६ हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिक कार्यक्रमकै अवसरमा रोड शो समेत गरिएको थियो ।