२०८३ बैशाख ६ गते , आईतबार

बुढाथोकी जसले आफ्नो बुवाको प्रतिष्पर्धीलाई पराजित गरे

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १९ गते , विहीबार
बुढाथोकी जसले आफ्नो बुवाको प्रतिष्पर्धीलाई पराजित गरे

बिर्तामोड भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट बिर्तामोड नगरपालिका वडा नम्बर को वडाध्यक्षमा मदन बुढाथोकी निर्वाचित भएका छन् बुढाथोकीले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रसाद उप्रेतीलाई पराजित गरेका हुन

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बुढाथोकीले झण्डै दोब्बर मतान्तरले उप्रेतीलाई पराजित गरेका छन् नेपाली कांग्रेसका नगर सभापति तथा वडा नम्बर का निवर्तमान वडाध्यक्ष नगर प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाको वडामा ३८ बर्षीय बुढाथोकीले २२६३ मत प्राप्त गरकेका थिए भने उप्रेतीले ११४१ मत मात्र प्राप्त गरे

कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार ५९ बर्षीय उप्रेती कांग्रेसका पुराना नेता हुन् उप्रेती २०५४ सालमा छत्रबहादुर बुढाथोकीसँग स्थानीय निकायको निर्वाचनमा तत्कालिन अनारमनी गाविस वडा नम्बर को वडाध्यक्षमा प्रतिष्पर्धा गरेका थिए सो समयमा उप्रेती बुढाथोकी दुवै जना पराजित भएका थिए उनीहरुलाई स्वतन्त्रबाट उम्मेदवार बनेका दिपेन्द्र पोखरेलले पराजित गरेका थिए छत्रबहादुर बुढाथोकी मदनका बुवा हुन् आफ्ना बुवासँग प्रतिष्पर्धा गरेका उप्रेतीलाई छोरा मदनले पराजित गरेर यो निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्

बुढाथोकी २०६२÷६३ को आन्दोलनताका कन्काई क्याम्पस बिर्तामोडका अनेरास्ववियुका अध्यक्ष थिए विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय बुढाथोकी पछिल्लो समय नेकपा एमालेको बिर्तामोड नगर समितिका उपसचिव छन्

सन २००७ मा अध्ययनका शिलसिलामा जापान गएर २०१४ मा नेपाल फर्केका बुढाथोकी त्यसयता बिर्तामोडमा ओएसिस एजुकेशन फाउण्डेसन सञ्चालन गर्दै आएका छन् उनी आफैँ जापानीज भाषासमेत पढाउँदै आएका थिए शैक्षिक परामर्श संघ झापाका उपाध्यक्षसमेत रहेका बुढाथोकी व्यवसायसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय छन्

 

 

सम्बन्धित समाचार