२०८३ आश्विन १७ गते , शनिबार

हेर्नुहोस झापाको कुन पालिकामा कति बजेट

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २० गते , शुक्रबार
हेर्नुहोस झापाको कुन पालिकामा कति बजेट

बिर्तामोड । सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा झापाका लागि ७ अर्व ३१ करोड ८६ लाख रुपैँया विनियोजन भएको छ । आगामी आवका लागि गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेका थिए ।

केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । झापामा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ ।

दोस्रोमा दमक नगरपालिकाले ७१ करोड ५१ लाख बजेट प्राप्त गरेको छ । बिर्तामोड नगरपालिकाका लागि ७० करोड ७९ लाख विनियोजन भएको छ । शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ, गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ र कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख,  कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख, झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख र गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख बजेट विनियोजन भएको छ ।

यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो आवका लागि हल्दिबारीको बजेट ३० करोड ९९ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार