२०८३ बैशाख ६ गते , आईतबार

एमआर संघ झापामा राजवंशी सर्वसम्मत

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २१ गते , शनिबार
एमआर संघ झापामा राजवंशी सर्वसम्मत

बिर्तामोड नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्षमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन्

बिर्तामोडमा शनिबार सम्पन्न संघको आठौं इकाई अधिवेशनबाट राजवंशी अध्यक्षमा चयन भएका हुन् समितिको वरिष्ठ उपाध्यक्षमा विजय विमली, उपाध्यक्षमा रोशनकुमार चौधरी, सचिवमा सुजन कट्टेल, सहसचिवमा सर्वेन्द्र कुमार राजवंशी ललनकुमार झा, कोषाध्यक्षमा निकेशकुमार यादव सहकोषाध्यक्षमा पुजा निरौला चयन भएका छन्

अधिवेशनले समितिको सदस्यहरुमा आनन्द शाह, भवेशकुमार झा, भूपेन्द्रप्रसाद चौधरी, रोशनकुमार झा, गौशल आचार्यलाई चयन गरेको नवनिर्वाचित समितिले शनिबार नै रोजिन राजवंशी अभिषेक उप्रेतीलाई सदस्यमा मनोनित गरेको

त्यस्तै समितिको सल्लाहकारमा निवर्तमान अध्यक्ष तेज कोइराला, पर्शुराम मिश्र तेज बस्नेतलाई चयन गरेको संघका केन्द्रीय महासचिव सुनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा साविक मेचीमा कार्यरत एक सय ५० सदस्यको सहभागिता रहेको थियो नेपाल भारतका विभिन्न औषधी कम्पनीमा कार्यरत उनीहरुले पेशागत हकहित तथा सर्वसाधारणलाई औषधीबारे सत्यतथ्य जानकारी दिनका लागि संगठित भएर अघि बढेको बताएका छन्

सम्बन्धित समाचार