२०८३ आश्विन १७ गते , शनिबार

घट्यो सुन चाँदीको मूल्य

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २३ गते , सोमबार
घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार ९८ हजार ५ सय रुपैयाँमा छापावाल र ९८ हजार रुपैयाँ तेजावी सुन तथा  १ हजार २९० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

सम्बन्धित समाचार