२०८३ बैशाख ६ गते , आईतबार

विर्तामोड प्याब्सन अध्यक्षकै विद्यालयमा मनपरी शुल्क असुली

विद्यालयले गरेको शुल्क प्रस्ताव नै बिर्तामोड नगर शिक्षाद्वारा स्वीकृत

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २४ गते , मंगलबार
विर्तामोड प्याब्सन अध्यक्षकै विद्यालयमा मनपरी शुल्क असुली

बिर्तामोड   बिर्तामोडको निवर्तमान सरकारले निजी विद्यालयको शुल्कमा ह्वात्तै वृद्धि गरेको भनेर आलोचना भईरहेको बेला शुल्क सम्बन्धि नयाँ तथ्य फेला परेको पाँच बर्षसम्मपनि शिक्षा सम्बन्धि कानून निर्माण गर्न नसकेको बिर्तामोड नगरपालिकाले निजी विद्यालयहरुले प्रस्ताव गरेको शुल्कलाई नै स्वीकृति दिएको पाइएको हो

नगर शिक्षा समितिले स्वीकृति दिएको शुल्क सूची


यस अघि निजी विद्यालयको शुल्क सम्बन्धि कुनै अभिलेख नभएको भन्दै बिर्तामोडको शिक्षा शाखाले यस बर्षदेखि अभिलेख राख्न शुरु गरेको शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए अभिलेख राख्ने नियमन गर्ने उद्धेश्यले नगर शिक्षा समितिले निजी विद्यालयहरुको शुल्क निर्धारण गरेको उनको भनाई विद्यालयहरुले शुल्क उठाउन गरेको प्रस्ताव शिक्षा समितिले एकाध बाहेक हुबहु स्वीकृति दिएको

बिर्तामोड नगर क्षेत्र भित्रका ४७ वटा विद्यालयले शैक्षिक सत्र २०७९ का लागि शुल्क प्रस्ताव गरेका थिए विद्यालयको प्रस्तावलाई नगर शिक्षा समितिले एक कार्यदल गठन गरेर अध्ययन गरेको केहि परिमार्जन सहित स्वीकृति दिएको शिक्षा शाखा प्रमुख भण्डारीले बताए तर, लिटल फ्लावर्स इङ्गिलिस स्कुल बाहेक अन्य विद्यालयको प्रस्तावित शुल्कमा भने खासै परिमार्जन गरिएको छैन लिटल फ्लावर्सले नर्सरीदेखि कक्षा तीनसम्म सञ्चालन गरेको स्मार्ट कक्षाको शुल्क प्रस्तावलाई शिक्षा समितिले करिब ५७ प्रतिशत कटौती गरेपनि अन्य केहि विद्यालयको शुल्कमा सामान्य हेरफेर बाहेक हुबहु स्वीकृत गरेको हो लिटलले कक्षा नर्सरीका लागि मासिक हजार ३८० रुपैँया प्रस्ताव गरेको थियो तर शिक्षा समितिले उक्त शुल्कलाई घटाएर हजार सय रुपैँयामात्र लिन स्वीकृत दिएको

बिर्तामोडमा कक्षा नर्सरीको शुल्क प्रति महिना सय रुपैँयादेखि हजार आठ सय सम्म रहेको बिर्तामोड मा रहेको सनराइन बोर्डिङ स्कुलको प्रतिमहिना कक्षा नर्सरीको शुल्क सय रुपैँया रहेको भने लिटल फ्लावर्स ग्रीन फिल्डको अधिकतम् हजार आठ सय रुपैँया रहेको

गोमेन्द्र बिर्तामोडलद्वारा स्वीकृित पाएकोभन्दा बढी शुल्क असुली

बिर्तामोड नगरपालिका वडा नम्बर मा रहेको गोमेन्द्र बिर्तामोडल माध्यमिक विद्यालयले आफूले प्रस्ताव गरेको मासिक शुल्कलाई नगर शिक्षा समितिले हुबहु स्वीकृत गरेपनि अभिभावकबाट भने बढी शुल्क असुलेको पाइएको गोमेन्द्रले प्रस्ताव गरेको भन्दा कक्षा नर्सरीदेखि दशसम्म मासिक शुल्क सय ५० रुपैँया बढी असुलेको पाइएको हो गोमेन्द्रका फाउण्डर उत्तम खनाल प्याब्सन नगर समिति बिर्तामोडका अध्यक्षसमेत हुन्


गोमेन्द्रले नर्सरीका लागि मासिक शुल्क हजार नौ सयदेखि कक्षा दशको हजार ३६० प्रस्ताव गरेको थियो विद्यालयको प्रस्तावलाई नगर शिक्षा समितिले हुबहु स्वीकृति दिएको तर, विद्यालयले भने स्वीकृत शुल्कमा प्रत्येक कक्षामा २५० रुपैँया बढी लिइरहेको

विद्यालयले स्मार्ट कक्षाको नाममा मासिक सय रुपैँया लिँदै आएको थियो स्मार्ट कक्षाको कुनै उपलब्धी नभएको, स्मार्टबोर्डको प्रयोग गरी कक्षा सञ्चालन नगरिएको अभिभावकबाट शुल्क असुल्ने माध्यममात्र भएको भन्दै अभिभावकले दवाव दिएपछि विद्यालयले त्यसलाई घटाएर स्मार्ट कक्षा मर्मत शिर्षकमा २५० रुपैँया तोकेपनि उक्त घटाएको शुल्कलाई गैरकानूनी ढंगबाट घुमाउरो तरिकाले मासिक शुल्कमा गाभेको पाइएको

बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले नगर शिक्षा समितिले स्वीकृति दिएको भन्दा बढी शुल्क लिएको पाइएमा विद्यालयलाई कारबाही गरिने बताए

बिर्तामोड नगरपालिकाले निजी विद्यालयको शुल्क निर्धारण गर्न युवराज पाण्डे, डम्बर बस्नेत शिक्षा शाखाका कर्मचारी दिनेश आचार्य सम्मिलित कार्यदल गठन गरेको थियो कार्यदलले विद्यालयले प्रस्ताव गरेको शुल्क अध्ययनका लागि विद्यालयको भौतिक पूर्वाधारलगायतको स्थलगत अनुगमन गरी दिएको प्रतिवेदनका आधारमा शुल्क निर्धारण गरिएको शिक्षा शाखा प्रमुख भण्डारीले बताए

नगर शिक्षा समितिको गत चैत्र १४ गतेको बैठकको निर्णय अनुसार स्वीकृत शुल्क लिन भन्दै वैशाख गते शिक्षा शाखाले सबै विद्यालयहरुलाई निर्देशन सहित पत्राचारसमेत गरेको

शाखाले कक्षा स्तरोन्नति भएका विद्यार्थीहरुबाट भर्ना शुल्क नलिन, बर्षभरीका सबै परीक्षा शुल्क बापत बढीमा एक महिनाको मासिक शुल्कको ५० प्रतिशत भन्दा बढी नलिन, १० प्रतिशत छात्रवृत्तिसम्बन्धि विवरण शाखामा समयमा पठाउनसमेत निर्देशन दिएको पोशाक, पाठ्यपुस्तक, स्टेशनरी जस्ता शैक्षिक सामाग्रीहरु विद्यालय परिसरभित्र विक्री वितरण नगर्नसमेत विद्यालयलाई निर्देशन दिएको  तर, कतिपय विद्यालयहरुले कपी पेन्सिलजस्ता स्टेशनरीका सामाग्री विद्यालय आफैँले विक्री गरिरहेका छन्  

 

 

सम्बन्धित समाचार