२०८३ आश्विन १६ गते , शुक्रबार

अप्राकृतिक मैथुन मुद्दाका फरार अभियुक्त पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २५ गते , बुधबार
अप्राकृतिक मैथुन मुद्दाका फरार अभियुक्त पक्राउ

बिर्तामोड । अदालतले छ बर्ष अघि अप्राकृतिक मैथुन कसुरमा दोषी ठहर गरेका एक ब्यक्ति पक्राउ परेका छन । भद्रपुर-१ झापाका २४ बर्षीय सुक्लो सोरेन पक्राउ परेका हुन ।
झापा जिल्ला अदालतको मिति २०७३।०३।२९ गते भएको फैसला पुनराबेदन परी उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट मिति २०७५।११।०१ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका सोरेनलाई जेठ २४ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिप्रका झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । सोरेनको पीसीआर रिपोर्ट नेगेटिभ आए पश्चात  कारागार कार्यालय चन्द्रगढीमा फैसला कार्यान्वयनका लागि पठाइने उनले बताए ।
अदालतले सोरेनलाई ६ बर्ष ८ महिना २० दिन कैद र पिडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । 

सम्बन्धित समाचार