२०८३ आश्विन १७ गते , शनिबार

सर्टिङ सुटिङका लागि बिर्तामोडमा खुल्यो ग्लोरी फेन्सी क्लोथ स्टोर

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २५ गते , बुधबार
सर्टिङ सुटिङका लागि बिर्तामोडमा खुल्यो ग्लोरी फेन्सी क्लोथ स्टोर

बिर्तामोड । अढाई दशकसम्म छिमेकी मुलुक भारतमा टेलरिङ व्यवसाय गरेका टिकाराम शिवाले बिर्तामोडमा ग्लोरी फेन्सी क्लोथ स्टोर सञ्चालनमा ल्याएका छन् । स्टोरको वुधबार संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् ।

लामो समय विदेशी भूमिका सिकेको सीप स्वदेश मै प्रयोग गर्ने र रोजगार सिर्जना गर्ने उद्धेश्यले स्टोर शुरु गरेको शिवाले बताए । इलामको फिक्कल बरबोटेमा जन्मिएका शिवाले भारतको नागाल्याण्डमा फेन्सी क्लोथ स्टोर सञ्चालन गर्दै आएका थिए । विगत ५० बर्षदेखि टेलरिङ पेशामा आफू आवद्ध भएको शिवाले बताए ।

उनले बिर्तामोड भद्रपुर रोडस्थित बजरंग मेडिकलसँगै रहेको आफ्नो घरमा स्टोरको शुरुवात गरेका छन् । स्टोरको शुरुवातसँगै सबै परिवार नेपालमै बस्न शुरु गरेको समेत शिवाले बताए ।

सम्बन्धित समाचार