२०८३ बैशाख ६ गते , आईतबार

२,८४,७०० रुपैयाँ र १६ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २५ गते , बुधबार
२,८४,७०० रुपैयाँ र १६ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड-५ सुकुम्बासी टोलबाट प्रहरीले नगद र खैरो हिरोइनसहित लागू औषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले २ लाख ८४ हजार ७०० रुपैयाँ नगद र १६ ग्राम खैरो हिरोइनसहित बिर्तामोड-५ का अन्दाजी ४६ बर्षीय बिजेन राजवंशी र पाँचथर रानीटारका २२ बर्षीय सुजन गुरुङलाई पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रणमा आक्रामक बनेको इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले वुधबार उनीहरुलाई कारोबार हुँदै गरेको अवस्थामा बिर्तामोड-५ सुकुम्बासी टोलबाट नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । राजवंशी बिक्रेता र गुरुङ प्रयोगकर्ता भएको बताइएको छ । उनको साथबाट डिजिटल तराजु समेत प्रहरीले बरामद गरेको छ । 
प्रकाउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको बुझिएको छ ।
इप्रका अनारमनीमा केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर प्रमुख भएर आएपछि केही दिन अघिमात्र मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई नै पक्राउ गरेको थियो । 

सम्बन्धित समाचार