२०८३ आश्विन १७ गते , शनिबार

भट्टराई कुलवंश प्रतिष्ठानको नगर अधिवेशन सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २९ गते , आईतबार
भट्टराई कुलवंश प्रतिष्ठानको नगर अधिवेशन सम्पन्न

बिर्तामोड । भट्टराई कुलवंश प्रतिष्ठान बिर्तामोड नगर समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार अधिवेशनसँगै प्रतिष्ठानको उभौली गोठधूप कार्यक्रमसमेत सम्पन्न भएको हो ।

अधिवेशनबाट नगर समिति सर्वसम्मत निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्षमा बुद्धिराम भट्टराई, उपाध्यक्ष मातृकाप्रसाद भट्टराई, महिला उपाध्यक्ष  तारादेवी भट्टराई, सचिव बद्रीप्रसाद भट्टराई, सहसचिव तारा प्रकाश भट्टराई र कोषाध्यक्षमा डम्बरबहादुर भट्टराई चयन भएका छन् ।

सदस्यहरुमा  टीकाप्रसाद भट्टराई, हरिहर भट्टराई,  गंगाराम भट्टराई,  भानुभक्त भट्टराई, सुशील भट्टराई, टेकप्रसाद भट्टराई,  रामचन्द्र भट्टराई, रत्नबहादुर भट्टराई,  टिकाराज भट्टराई र दिपा भट्टराई महिला सदस्य रहेका छन ।

नगर अध्यक्ष बुद्धिराम  भट्टराईको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव जिवराज भट्टराई, केन्द्रीय कोषाध्यक्ष मनोज कुमार भट्टराई र झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा सहभागीहरुलाई सहसचिव देविप्रसाद भट्टराईले स्वागत गरेका थिए भने सचिव मात्रिका भट्टराईले संचालन गरेका थिए ।

सोहि कार्यक्रममा भट्टराई बन्धुहरुको उभौली गोठपुजापनि सम्पन्न गरिएको जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए । उनका अनुसार बिर्तामोड नगरपालिका क्षेत्रमा ३५० घरधुरी भट्टराई बन्धुहरुको बसोबास रहेको छ ।  

सम्बन्धित समाचार