२०८३ बैशाख ६ गते , आईतबार
आइतबार सुनको मूल्य प्रतितोला १५०० बढ्यो
बिर्तामोड । साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।