२०८३ बैशाख ५ गते , शनिबार

पूर्व पत्निलाई छुरा प्रहार गरि आत्महत्या प्रयास

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३१ गते , मंगलबार
पूर्व पत्निलाई छुरा प्रहार गरि आत्महत्या प्रयास

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरमा  किराना पसल गरी बस्ने  ४३ कि सिर्जना राईलाई पूर्व पतिले छुरा हानेका छन । राईलाई छुरा  प्रहार गरेका कटारी नगरपालिका-६ रिस्कु बस्ने बर्ष ४५ को रामकुमार सुर्खेतीले आत्महत्या प्रयास गरेका हुन ।
घरमा बसि रहेका बेला सुर्खेतीले मंगलबार साढे १ बजे विवाद गरि राईलाई चक्कु प्रहार गरेका थिए । सुर्खेतीले सिर्जनालाई पेटमा छुरा हानि घाईते बनाएको र आफैलाई समेत छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
स्थानीयले घटनाको बारेमा जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले दुवै घाईतेलाई उद्वार गरी जिल्ला अस्पताल  गाईघाटमा सामान्य उपचार पश्चात थप उपचारको लागि  बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको आचार्यले बताए । 

सम्बन्धित समाचार