२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा माओवादीले बुझायो ध्यानाकर्षण पत्र

sajilo news
परिवेश मिडिया
२०७९ असार ६ गते , सोमबार
बिर्तामोडमा माओवादीले बुझायो ध्यानाकर्षण पत्र

बिर्तामोड । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रले विभिन्न २० वटा बुँदा समेटिएको पत्र सोमबार नगर प्रमुख पवित्रा महतरा प्रसाईलाई बुझाएको हो ।
केन्द्रको ध्यानाकर्षण पत्रमा पालिकाले बनाउने स्थानीय ऐन, कानुन, नीति तथा कार्यक्रम संघीय कानुनसँग नबाझिने गरि बनाउन, सुकुम्बासी समस्या समाधान गर्न चार महिना भित्र सक्ने गरि भूमि आयोगसँगको समन्वयमा सर्वदलीय समिति बनाउन उल्लेख गरिएको छ ।
योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सर्वपक्षीय टोल विकास संस्था गठन गर्न, ज्येष्ठ नागरिक, सहिद, बेपत्ता, घाइते, अपाङ्ग, द्वन्दपिडितका लागि राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रम अनुसार स्थानीयस्तरमा उनीहरुको औषधि उपचारको ब्यवस्थापन गर्न बजेट विनियोजन गरि प्रत्यक्ष लाभ तथा जिवनस्तर सुदृढिकरण गर्ने कार्य अगाडी बढाउन समेत ध्यानाकर्षण गरेको छ ।
केन्द्रले ध्यानकर्षण पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, वन, फोहोर ब्यवस्थापन लगायतका बिषयहरुलाई प्रमुखताका साथ समेटेको केन्द्रका नगर अध्यक्ष मोहन सुब्बाले बताए ।
पत्र बुझ्दै नगर प्रमुख पवित्रा महतरा प्रसाईले आगामी दिनमा सबैलाई समेटेर लैजाने बताइन । उनले सहभागीहरुको जिज्ञासाको उत्तर दिँदै पत्रमा भएका समेट्नु पर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटेर लैजाने बताइन । उनले सहभागीहरुलाई धन्यवाद दिएकी थिइन ।
उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन जनताको सम्पति भएको बताए । उनले पालिकाको काममा कुनै कमजोरी भए औँल्याइदिन भन्दै समय समयमा पालिकामा आएर सुझाव दिन आग्रह गरे ।
स्वास्थ्य, सुशासनसँग सम्बन्धित गतिविधि तल्लो तहमा हुने भएकाले टोल विकास संस्थालाई नयाँ सिराबाट काम गराइनेसमेत बताए । उनले हिजो भएको कमीकमजोरीलाई सच्याउँदै समस्याहरुको राजनीतिक समाधान खोजिने बताए । पालिकाले गर्ने काममा दललाई बाइपास नगरिने वचन दिए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुबेर श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर क का संयोजक प्रकाश भट्टराई, जिल्ला नेता बासु दुलाल, नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु जेबी जबेगु, कमल कडरिया, छायाँ सिग्देल, सचिव गणेश कालिकोटे, सदस्य सामना लिम्बू, अनेम संघ नगर अध्यक्ष रिता मिश्र, वडाध्यक्ष गोपि अधिकारीलगायत नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार