२०८३ बैशाख ६ गते , आईतबार

माओवादीमा अन्तरघात गर्नेलाई कारबाहि सिफारिस

sajilo news
परिवेश मिडिया
२०७९ असार ६ गते , सोमबार
माओवादीमा अन्तरघात गर्नेलाई कारबाहि सिफारिस

 

भद्रपुर । स्थानीय तह निर्वाचन२०७९ मा अन्तरघातसँगै पार्टीको नीति, विधि सिद्धान्तविपरीत कार्य गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र भद्रपुर निर्वाचन परिचालन समितिले १७ जनालाई कारबाहीका लागि सिफारिस गरेको

समितिले पार्टीको प्रदेश कमिटीलाई निलम्बनदेखि स्पष्टीकरणसम्मको कारबाहीका लागि उनीहरुको नाम सिफारिस गरेको निर्वाचन परिचालन कमिटी भद्रपुरका संयोजक डिल्ली घिमिरे (हिक्मत) ले जानकारी दिए

पार्टी सदस्यता निलम्बनको सिफारिसमा सन्तबहादुर लिम्बूसुजय, नरेश सञ्जेल, लक्ष्मण जमरकट्टेल, चन्द्रबहादुर तामाङ धिरेन राजवंशीको नाम त्यस्तै, स्पष्टीकरण लिनुपर्नेमा मिरा अधिकारी, विष्णुबहादुर राई, रूद्र निरौला, भारतसिंह राजवंशी, अरविन्द अधिकारी, धनश्याम खनाल, रञ्जीत राई, चन्द्र गौतम, योगराज अधिकारी, सन्तोष तामाङ, आशिष खनाल मोक्ष निरौला रहेका छन्

पटकपटक पार्टीमा घातअन्तरघात गर्दै पार्टीलाई नष्ट भ्रष्ट पार्न खोज्ने, जति मौका दिएर रुपान्तरणको आशा गरे पनि नहुनेहरूलाई कम्युनिष्ट पार्टीको सिद्धान्त नेकपा (माओवादी केन्द्र) को अन्तरिम विधान २०७८ अनुसार अनुशासनको कारबाहीका लागि सिफारिस गरिएको हो

पार्टीलाई जिवन्तता दिई आगामी निर्वाचनमा अब्बल बनाउन भद्रपुर नगरको मिति २०७९ असार गतेको बैठकको निर्णय, वडाहरुबाट आएको रिपोर्ट, निर्वाचनको बेलाको वस्तुगत यथार्थ अवस्थासमेतका अधारमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताए कारबाही सिफारिसको बोधार्थ नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति झापालाई समेत दिएको

सम्बन्धित समाचार