२०८३ बैशाख ६ गते , आईतबार

रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ असार ७ गते , मंगलबार
रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्ने

काठमाडौं केहिदिन अघि ग्यालेक्सी फोर केबाट राजिनामा दिएका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन्

आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको

सञ्चारकर्म त्यागेर राजनीतिमा लागेका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन्

उनी कांग्रेस, राप्रपा लगायतका पार्टीसँग सम्पर्कमा थिए तर, पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन्

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन्

रविले पार्टी निर्माणको तयारी गरेको दाजु हरिशरण लामिछानेले जानकारी दिए

उनले भने, ‘भाइसँग मेरो कुरा भएको थियो उसले मङ्गलवार नयाँ पार्टी घोषणा गर्न लागेको मलाई बताएको उसलाई मैले शुभेच्छा दिएको छु

हरिशरण स्वयम्ले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् उनले भाइलाई पार्टी निर्माण साथ दिन आफू तयार रहे पनि रविले अहिले सहकार्य नगर्ने मनसाय राखेको उनले बताए

दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावाद इत्यादि कुराहरू आउँछन् भनेर उसले मलाई त्यसमा नजोडिन सुझाव दियो मलाई पनि ठिकै लाग्यो,’ उनले भने

रविनिकट अर्को स्रोतले पनि उनले नयाँ पार्टी घोषणा गर्न लागेको पुष्टि गरेको

सबै कुरा गोप्य, कार्यालय बसुन्धारामा

रविको टिमले भने घोषणा नभइन्जेलसम्म सबै कुरा गोप्य राख्न चाहेको उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको , जुन आजको कार्यक्रममा घोषणा गरिने पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन्

रविको टिमका एक सदस्य दीपक बोहराले सबै कुरा भरे थाहा हुने भने अन्य जानकारी दिन अस्वीकार गरे

आज उहाँले आफ्नो राजनीतिक करिअरको सुरुवात गर्नुहुन्छ केकसरी जाने भन्ने भरे नै बताउनुहुन्छ, बोहराले भने

कतिपय विषयहरूमा अझै पनि छलफल जारी रहेको उनको भनाइ

सम्बन्धित समाचार