२०८३ बैशाख ६ गते , आईतबार

रवि लामिछानेले घोषणा गरे 'राष्ट्रिय स्वतन्त्र पार्टी'

sajilo news
परिवेश मिडिया
२०७९ असार ७ गते , मंगलबार
रवि लामिछानेले घोषणा गरे 'राष्ट्रिय स्वतन्त्र पार्टी'

बिर्तामोड । टेलिभिजनको पर्दाबाट राजिनामा दिएर राजनीतिमा लागेका रवि लामिछानेले 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका छन । लामिछानेले राष्ट्रिय सभा गृहमा आयोजना गरेको घोषणा सभामा आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी भएको घोषणा गरे ।
कार्यक्रममा बोल्दै लामिछानेले आम मानिसको मुद्दाले आफुलाई राजनीतिमा आउन प्रेरित गरेको बताए । आफु ब्यवस्था बदल्न आएको नभइ अवस्था बदल्न आएको बताए । 'मलाई ब्यवस्था बदल्नु छैन,' उनले भने,'तर आम मानिसको अवस्था बदल्नु छ ।' उनले थपे-'ठूलो सपना देखाउनु छैन तर, सानो सानो काम गर्नु छ जसले प्रत्यक्ष सरोकार राख्दछ ।' हिजो आफुले टेलिभिजनबाट प्रश्न गरेको र भोलि सदनबाट प्रश्न गर्ने बताए ।
कुनै राजनीतिक दलका नेताहरुसँग कुनै प्रश्न नभएको बताउँदै लामिछानेले हिजो परिवर्तनका गोलि थाप्न तयार योद्दाहरु प्रति उच्च सम्मान रहेको बताए । सबै जसो राजनितिक दलसँग कुरा भएको बताउँदै उनले आफू हालसम्म दर्ता भएको पार्टीमा प्रवेश नगर्ने भन्दै नयाँ दल दर्ताको घोषणा गरेका हुन । उनले अन्य राजनीतिक दलमा राम्रो मान्छे नभएको होइन उहाँहरु प्रति सम्मान गर्न आफू नचुक्ने तर आफ्नो दलमा धावा नबोलेका कारण आलोचना गर्न समेत नचुक्ने धारणा राखे । लामिछानेले जसको भिजन उसैको सत्ता भन्दै बुढेसकालमा भत्ता पाइने तर सत्ता नपाइने बताए ।


सम्बन्धित समाचार