एमिटीका विद्यार्थीलाई उद्घोषण तालिम
बिर्तामोड । झापा बिर्तामोड नगरपालिका–५ स्थित एमिटी एजुकेशन फाउन्डेसनमा उद्घोषण सम्बन्धि तालिम शुरु भएको छ । विद्यार्थीहरुको वाककला र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको प्रधानाध्यापक आर एस ढकालले बताए । तालिममा बालबालिकामा भएको आन्तरिक क्षमतालाई उजागर गर्न प्रेरित गर्ने उद्धेश्यले कक्षा सञ्चालन गरिएको बालक्लब फोकल पर्सन विधान कृष्ण बस्नेतले जानकारी दिए ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानाध्यापक ढकालले विद्यार्थीहरुमा भएको क्षमता उजागर गर्दै चौतर्फी विकासमा विद्यालयले कुनै कसुर बाँकी नराख्ने बताए । बालबालिकालाई किताबी ज्ञानको अतिरिक्त अन्य विषयमा अग्रसर गराउन उद्घोषण कक्षाले मद्दत पुग्ने उनले विश्वास गरे । सञ्चारकर्मी सरोज पौडेलले तालिमको सहजीकरण गरेका थिए ।