२०८३ आश्विन १७ गते , शनिबार

दलित समुदायलाई मेसिन वितरण

sajilo news
परिवेश मिडिया
२०७९ असार १५ गते , बुधबार
दलित समुदायलाई मेसिन वितरण

अर्जुनधारा । दलित समुदायले अँगाल्दै आएको परम्परागत पेशालाई प्रबद्र्धन गरी उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिकाले मंगलबार एक कार्यक्रमका बीच सामग्री वितरण गरेको छ ।

चालु आर्थिक वर्ष ०७८/७९को लक्षित कार्यक्रमको बजेटमार्फत् ११ थान सिलाई मेसिन, ११ थान आरान र ३ थान जुत्ता सिलाउने मेसिन निःशुल्क वितरण गरिएको नगर सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

प्रमुख खड्काका अनुसार नगरस्तरीय दलित समन्वय उपभोक्ता समितिबाट छनौट भई सबै वडा समितिबाट सिफारिस भएका लाभग्राहीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार ‘भोला’, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख खड्काले गरेका थिए ।

सम्बन्धित समाचार