२०८३ बैशाख ६ गते , आईतबार

पाँच बुँदे आरोप लगाउँदै वामदेवलाई निष्कासन

sajilo news
परिवेश मिडिया
२०७९ असार १८ गते , शनिबार
पाँच बुँदे आरोप लगाउँदै वामदेवलाई निष्कासन

काठमाण्डौ पार्टी घोषणा भएको एक हप्ता नबित्दै  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित  अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको हो

बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको

शीर्ष नेताको बैठकले गौतममाथि बुँदे आरोप लगाएको गौतम नेतृत्वको  अभियानले असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो

गौतममाथि सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र अराजनीतिक व्यवहार प्रस्तुत गरेको, अहंकारवादी सोच एकलौटी निर्णय गरेको आरोप लगाइएको त्यस्तै, जालझेल, छलछाम, षडयन्त्र तिकडमबाजी कार्यशैली अपनाएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको आरोप अन्य नेताहरुले लगाएका छन् सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गरिएकोमा संयोजक वामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरित अभियानलाई सत्ता, शक्ति पद प्राप्तिका लागि बार्गेनिङको माध्यम बनाएको आरोप  

सम्बन्धित समाचार