२०८३ बैशाख ६ गते , आईतबार

बिएण्डसीले असार २० बाट स्वास्थ्य बिमा स्थगित गर्ने

sajilo news
परिवेश मिडिया
२०७९ असार १९ गते , आईतबार
बिएण्डसीले असार २० बाट स्वास्थ्य बिमा स्थगित गर्ने

बिर्तामोड । बिर्तामोडस्थित बिएण्डसी अस्पतालले असार २० गते (भोलि) देखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ ।
नेपाल सरकारले बिरामी उपचार गरे बापत रकम भुक्तानी नगरेको भन्दै बिमा कार्यक्रम स्थगित गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । सरकारले अस्पताललाई उपचार बापतको ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अस्पतालले सुचना मार्फत जानकारी दिएको छ । प्रसाईले असार ३ गते पत्रकार सम्मेलन गरि रकम भुक्तानी नगरे सेवा बन्द गर्ने चेतावनी दिएका थिए । तर, सरकारले अस्पतालको समस्या समाधान नगरेका कारण सेवा बन्द गर्न लागिएको प्रसाईले बताए । 

सम्बन्धित समाचार