२०८३ आश्विन १७ गते , शनिबार

जनपद प्रहरीमा २९१७ जनाका लागि भर्ना खुल्यो

sajilo news
परिवेश मिडिया
२०७९ असार १९ गते , आईतबार
जनपद प्रहरीमा २९१७ जनाका लागि भर्ना खुल्यो

काठमाण्डौ । जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो ।

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी ५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ ।

त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र पिछडा वर्गका लागि ५३ गरी कुल २ हजार ४७४ जनाको लागि भर्ना खुलेको छ ।  

सम्बन्धित समाचार