२०८३ बैशाख ५ गते , शनिबार

सुनको भाउ १६०० घट्यो

sajilo news
परिवेश मिडिया
२०७९ असार २२ गते , बुधबार
सुनको भाउ १६०० घट्यो

काठमाण्डौ । सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार