२०८३ आश्विन १७ गते , शनिबार

नेपालमा बढ्दै कोरोना संक्रमण

sajilo news
परिवेश मिडिया
२०७९ असार २४ गते , शुक्रबार
नेपालमा बढ्दै कोरोना संक्रमण

काठमाण्डौ । केहि दिन यता नेपालमा कोरोना संक्रिमतको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो ।

जसमध्ये १३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २१३१ जनाको एन्टिजेन परीक्षण १८ गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

सम्बन्धित समाचार