२०८३ बैशाख ६ गते , आईतबार

प्रदेश १ को नाम सप्तकोशी राख्न कांग्रेसको प्रस्ताव

sajilo news
परिवेश मिडिया
२०७९ असार २५ गते , शनिबार
प्रदेश १ को नाम सप्तकोशी राख्न कांग्रेसको प्रस्ताव

विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ को नाम सप्तकोशी प्रस्ताव गरेको छ । कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले आफूहरूले प्रदेशको नाम सप्तकोशी प्रस्ताव गरेको जानकारी दिए । 
अन्य दलबाट भूगोल र पहिचानको आधारमा नामाकरण हुनुपर्ने माग भइरहेका बेला कांग्रेसले सप्तकोशी प्रस्ताव गरेको हो । 
एमालेले प्रदेशको नाम कोशी प्रस्ताव गरेको छ ।
कांग्रेसले सप्तकोशी सबैका लागि उपयुक्त हुने दाबी गरेको छ । सचेतक राईले सप्तकोशी सबै कोशी नदीको एकरूप भएकाले उपयुक्त नाम हुने आफूहरूको बुझाइ रहेको बताए ।

सम्बन्धित समाचार