२०८३ बैशाख ६ गते , आईतबार

अष्ट्रेलियामा विद्यार्थी भिषामा कडाई

sajilo news
परिवेश मिडिया
२०७९ असार २७ गते , सोमबार
अष्ट्रेलियामा विद्यार्थी भिषामा कडाई

काठमाण्डौ विद्यार्थी भिसामा अष्ट्रेलिया आउने विद्यार्थीलाई अष्ट्रेलियन सरकारले कडाई गर्ने भएको

अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो

गत जुलाइ मा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको

कोरोना कालपछि उर्लदो भेलसरह नेपाली विद्यार्थी अष्ट्रेलिया आए पनि अहिले ठ्याक्कै उल्टो अर्थात भिसा प्रतिशत निकै तल खस्किएको

अध्यागमन सम्वन्धि सरकारको नयाँ प्रतिवेदनमा अष्ट्रेलिया पढ्न आउने विद्यार्थी गम्भीर नभएको प्रोभाइडर समेतले उनीहरूलाई भर्ना प्रकृयामा गम्भीरता नदेखाएको उल्लेख गरेको

शैक्षिक उद्योगीले विद्यार्थीलाई उनीहरूको योग्यता दक्षता नाप्न भिडियो अन्तर्वार्ता लगायतका महत्वपूर्ण विषयमा समेत उदासिन रहेको प्रतिवेदनमा उल्लेख

पढ्नका लागि आर्थिक तथा शैक्षिक योग्यता पुरा गरेर आएका विद्यार्थी केही महिनामै कोर्स परिवर्तन गर्ने कलेज परिवर्तन गर्नेजस्ता गतिविधि बढ्दै गएकोमा चिन्तासमेत ब्यक्त गरिएको

कोरोना महामारीपछि अस्ट्रेलियन बोर्डर खुलेसँगै नोभेम्बर २०२१ देखि २०२२ को मे अन्तिमसम्म १८ हजार सय ८९ नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका छन्। यो अस्ट्रेलिया आउने अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा तेस्रो ठूलो संख्या हो

यस पटक ३४ हजार ३५ जना विद्यार्थी आएको भारत पहिलो नम्बरमा हुँदा चीनले यो अवधिमा २५ हजार सय ८९ विद्यार्थी भित्र्याएको छ। नेपालभन्दा पछि रहेको भियतनामले यो अवधिमा हजार सय ७२ जना विध्यार्थी भित्र्याएको

पछिल्लो सात महिनामा १८ हजार नेपाली विद्यार्थी आएको अस्ट्रेलियामा जुनको अन्त्यदेखिनै विद्यार्थी भिसामा कडाइ गरिएको

अस्ट्रेलियाको शिक्षा ब्यापार हो तर यहाँ आउने विद्यार्थी पढाइ छाडेर कमाउने काम तिर मात्र बढी लाग्न थालेपछि कयौं युवाशक्ति शैक्षिक अपचलनको शिकारसमेत हुने गरेका छन्

राम्रो अंक ल्याएर डाक्टर ईन्जिनियर पढ्ने सपना बोकेका विद्यार्थीलाई समेत कमिसनको चक्करमा लागेर शैक्षिक परामर्सदाताले गलत सल्लाह दिएर डिप्लोमा एडभान्स डिप्लोमामा भर्ना गर्न प्रेरित गर्ने गरेका छन्

सातआठ वर्षअघि पनि नेपाललाई अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने सवालमारिक्स जोन अर्थात खतरा क्षेत्रका रूपमा परिभाषित गरेको थियो। अहिले पनि त्यस्तै किसिमको प्रतिवेदन आएको , अध्यागमन एजेन्ट निरज श्रेष्ठले भने, ‘यो नौलो कुरा होइन तर मुलुकको लागि नकरात्मक संकेत हो किनकि, स्पष्ट रूपमा नक्कली कागजातको सवालमा नेपालको नाम मुछिनु लज्जास्पद विषय हो

नेपालमा आलु पसले चटपटे बेच्ने पनि शैक्षिक परामर्शदाता बनेको भन्दै उनले नेपाल सरकारले सबैभन्दा पहिले यस विषयमा ध्यान दिनुपर्ने बताए

शैक्षिक परामर्शदाता बन्न योग्यताको मापडण्ड के हो?, जो पनि बन्न पाउने? अस्ट्रेलियामा एजुकेशन तथा माइग्रेसन एजेन्टहरूकै छाता संगठन एकाका पूर्व अध्यक्षसमेत रहेका निरजले प्रश्न गरे

डाक्टर इन्जिनियर पढ्न आएका विद्यार्थीलाई कुकरीमा पीआर हुन्छ, अनि पैसा पनि कमाइन्छ भनेर यता पठाइदिएपछि हालत के हुन्छ?, निरजले आक्रोश पोखे

राज्यले नेपाली युवा शक्ति विदेसिदै गर्दा कस्तो शैक्षिक उद्धेस्यका साथ गइरहेका छन् भन्ने विषयमा विश्लेषण गर्नु जरूरी रहेको श्रेष्ठले बताए

विद्यार्थीको पनि गल्ती उत्तिकै , आउनेवित्तिकै कोर्स चेन्ज गर्ने अनि राम्रो कलेजमा निकै पढ्नु पर्ने रैछ अलि सजिलो खोजिदिनु र्पयो भन्दै हिँड्न थालेपछि यस्तो अवस्थाको सृजना भएको हो, अनुभवी अध्यागमन एजेन्टका रूपमा चिनिने निरजले अगाडि भने

नेपालबाहेक भारत पाकिस्तानलाई पनि अस्ट्रेलियाले शहरै तोकेर नक्कली कागजातका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको

मास्टर्समा पढ्न आउने चार महिना भएको छैन, सस्तोका नाममा डिप्लोमा खोज्दै हिँड्ने प्रवृत्तिप्रति पनि प्रतिवेदनले सचेत तुल्याएको

अस्ट्रेलियाको शैक्षिक उद्योगको चलन पनि निकै गजब नेपालबाट आउने विद्यार्थीका लागि त्यही कोर्ष गर्न १२ हजार डलर लाग्छ तर अस्ट्रेलिया भित्रका विद्यार्थीले हजार डलरमै उक्त कोर्ष गर्न पाउँछन्। अर्थात अफसोर्स अनसोर्सको भाकामा पचास प्रतिशत हेरफेर केका लागि कुन उद्धेश्यका लागि हो? यसबारे कुनै उद्यमीले स्पष्ट पारेका छैनन्। कुनै कानुनी प्रावधाननै

ब्याचलर अफ नर्सिङ पढ्न आएकी झापाकी सुनिता लामालाई एजेन्टले कुकुरीको डिप्लोमामा भर्ना गरिदिदाँ काम विशेषले नेपाल गएको बेलामा उनको भिसा रद्द भएको धेरै दिन भएको छैन

सुनिता मात्र होइन, यही साता सामाजिक सन्जालमा भिसा रद्द भएका बयानहरू छ्याप्छ्याप्ती आउनुले पनि केही कुराको संकेत भने पक्कै गरेको

यता अस्ट्रेलियन सरकारले नक्कली कागजात पेश गर्ने मुलुकमा नेपाललाई किटेरै दस्तावेजमा उल्लेख गर्नु यसरी एक पछि अर्को घटनाक्रम घट्नुलाई नेपाल सरकार अस्ट्रेलियास्थित नेपाली दूतावासले बेलैमा गम्भीर रूपमा लिनुपर्ने देखिन्छ

सम्बन्धित समाचार