२०८३ आश्विन १७ गते , शनिबार

के हो ‘डिटक्स वाटर’? कसरी बनाउने? हेर्नुहोस यसका फाइदाहरु

sajilo news
परिवेश मिडिया
२०७९ असार २९ गते , बुधबार
के हो ‘डिटक्स वाटर’? कसरी बनाउने? हेर्नुहोस यसका फाइदाहरु

पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरु डिटक्स वाटर पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काचको जार, डिसपेन्सर, बोटल या कुनै बाटामा विभिन्न जडीबुटी, लेमोन, स्याउ, सुन्तलाको स्लाइस हालेर छोपी पुरा रात राखेर बिहान पिउनु नै डिटक्स वाटर सेवन गर्नु हो । पटक पटक पानी थपेर घटिमा ६ घन्टा पछाडि पिउनाले शरीरका अर्गन प्युरीफाइ गर्न धेरै सहयोग पुग्छ ।

उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ । बिहानको नास्ता खानु अगाडी डिट्क्स वाटर दुई गिलास पिउनु उत्तम हुन्छ । ठुला ठुला तारे होटलको ब्रेकफास्ट बोफेटमा दशै लिटर यस्तो खालको डिट्क्स पानी अनिवार्य रुपमा राखिदिएको हुन्छ। ग्राहकको इक्छा अनुसार आफैंले डिस्पेन्सरबाट या जगबाट सारेर पिउने चलन छ । यो डिटक्स पानी घरमा पनि सजिलै बनाएर पिउन सकिन्छ ।

कसरी बनाउने डिटक्स वाटर?

चाहिने सामाग्री : २ लिटर सफा जारको पानी, २ स्लाइस कागती, २ स्लाइस सुन्तला, जुनार, मौसम,भोगटे या मुन्तला, ३ स्लाइस काक्रो, ३ स्लाइस स्याउ, ताजा अदुवा– २ स्लाइस, चुकन्दर –२ स्लाइस, गाजर – २ स्लाइस, पुदिना–२ मुन्टा, तुलसी ।

बनाउने विधिः पानीलाई सफा सिसाको बोटल,जग,जार या डिस्पेन्सरमा राख्ने। यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाडोमा राख्न सकीन्छ । उल्लेखित सम्पुर्ण सामाग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको भाडोमा खन्याउने। बेलुका मिक्स गरेर बिहान खालि पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ र यी काटेका सामाग्रीमा अधिकतम ३ पटक सम्म पानी मिसाएर पिउनु  उत्तम मानिन्छ तर घटीमा पनि ३ घन्टा सामाग्रीलाई  डुबाइ राख्नुपर्ने हुन्छ ।

डिटक्स पानी पिउँदा के फाइदा?

नियमित रुपमा डिट्क्स पानी पिउदा धेरै स्वास्थ्य सम्बधी फाइदा पुग्ने विज्ञहरुको ठहर छ र प्रमाणित पनि भएका छन । ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई  फाइदा पुग्ने वैज्ञानिक तथ्यहरु पनि पुष्टि भएका छन् । शरीरमा रहेको टक्सिनलाई  हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई  डिटक्स पानी भनिएको हो । तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत र्पुयाउँछ । खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग र्पुयाउँछ । शरीरमा ताजगी जगाउनुको साथै हसिलो फुर्तिलो बनाउँछ । इनर्जी लेबल बढाइ शरीरको रुप रङग नै परिवर्तन गर्न मद्दत र्पुयाउँछ । अनुहारको चमकमा परिवर्तन ल्याउँछ ।

सम्बन्धित समाचार