२०८३ आश्विन १७ गते , शनिबार

आज प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयकमा छलफल हुने

sajilo news
परिवेश मिडिया
२०७९ असार ३० गते , विहीबार
आज प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयकमा छलफल हुने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।

सम्बन्धित समाचार