२०८३ आश्विन १७ गते , शनिबार

आज भारी बर्षाको सम्भावना, सचेत रहन आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण ३ गते , मंगलबार
आज भारी बर्षाको सम्भावना, सचेत रहन आग्रह

बिर्तामोड । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ सहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार