२०८३ बैशाख ६ गते , आईतबार
गैडे सामुदायिक वनबाट तस्करीको काठ वरामद
बिर्तामोड । प्रहरीले सोमबार तस्करी गर्दै गरेको अवस्थामा काठ सहित एउटा गाडी बरामद गरेको छ ।
आइतबार बिहान ५:५० बजेको शिवसताक्षी नगरपालिका-१० स्थित गैँडे सामुदायिक वनबाट ४० क्युविक फिट काठ र मारुती भेन बरामद गरेको प्रहरीले जनाएको छ । काठ तस्कर हुँदै गरेको सुचना अनुसार अस्थाइ प्रहरी चौकी माईधार र गैँडे सामुदायिक वनको कर्मचारीको संयुक्त टोलिले उक्त वनबाट मे १ च ११६४ नम्बरको मारुति भेनमा सखुवाको ४० क्युविक फिट काठ लोड गरी लाँदै गर्दा कन्काई नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी गाडी र काठ दुवैलाई आवश्यक कारवाहीको लागी गैँडे सामुदायिक वनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।