२०८३ बैशाख ६ गते , आईतबार

झापामा भेटिए स्क्रब टाइफसका बिरामी, हेलचेक्रयाँइ नगर्न डाक्टरको सुझाव

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १२ गते , विहीबार
झापामा भेटिए स्क्रब टाइफसका बिरामी, हेलचेक्रयाँइ नगर्न डाक्टरको सुझाव

दमक झापाको दमक१० की इच्छा खत्री ज्वरो आउने, शरीर अत्यधिक दुख्ने भएपछि केहि दिनअघि दमक अस्पताल उपचारका लागि आइन् हातमा सानो केही किराले टोकेजस्तो घाउ पनि थियो डा. अनुपम घिमिरेले उनको परीक्षण गरे परीक्षणको क्रममा उनलाई स्क्रब टाइफस देखियो ज्वरो धेरै आएको थियो ढाड जिउ पनि थामिनसक्नु दुखेपछि अस्पताल आएँ अस्पतालमा डाक्टरसाबले स्क्रब टाइफस डेंगु दुवै भएको भन्नुभएको अहिले अस्पतालकै बेडमा छु, खत्रीले भनिन्, ‘यो किराको टोकाइबाट हुँदोरहेछ ओसिलो ठाउँमा बस्छ भनेर डाक्टरसाबले भन्नुभएको नयाँ ठाउँमा घाँस काट्न गएको थिएँ त्यहीँ टोक्यो होला उनी चार दिनदेखि अस्पतालको बेडमा बसेर उपचार गराइरहेकी छिन् अझै केही दिन अस्पतालमा बसेरै उपचार गराउनुपर्ने डाक्टरले भनेको उनी बताउँछिन् अहिले उनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको

पछिल्लो समय झापामा स्क्रब टाइफसका बिरामी देखापर्न थालेका छन् दमक अस्पतालमा उपचार गराउन आउने केही बिरामीमा स्क्रब टाइफसको जस्तो लक्षण देखिएको पछिल्ला केही दिनमा दमक अस्पतालमा उपचार गराउन आएका दुईजनामा स्क्रब टाइफस पुष्टि भएको दमक अस्पतालका फेमिली फिजिसियन डा। अनुपम घिमिरेले जानकारी दिए एकजना अहिले पनि अस्पतालको शय्यामा उपचार गराइरहेकी छिन् भने एकजना डिस्चार्ज भइसकेको डाक्टर घिमिरेले बताए दुईजनामा पुष्टि भएको अरू पनि मिल्दोजुल्दो लक्षण भएका बिरामी आइरहेका छन् तर, तीन दिन नपुगी हामीले स्क्रब टाइफसको परीक्षण गर्न मिल्दैन, घिमिरेले नयाँ पत्रिकासँग भने, ‘ओपिडीमा पनि दैनिक ज्वरोका बिरामी आइरहेका छन् कम्तीमा तीन दिन नभई यसको परीक्षण गर्दैनौँ केहीको शरीरमा टोकेको ठाउँमा घाउजस्तो पनि हुन्छ सबैकोमा घाउजस्तो हुन्छ भन्ने हैन

डा. घिमिरेका अनुसार स्क्रब टाइफस भएमा १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, जिउ तथा टाउको चारपाँच दिनसम्म साह्रै दुख्नेलगायतका लक्षण हुने घिमिरेले बताए    ‘स्क्रब टाइफस एक किसिमको सरुवारोग पनि हो यो मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ तर, मानिसबाट मानिसमा सर्दैन, डाक्टर घिमिरेले भने, ‘यो धेरैजस्तो बर्खामा, यही महिनामा देखिन्छ घिमिरेका अनुसार स्क्रब टाइफस सुसुगामुसी भन्ने जीवाणुबाट लाग्ने उनले बताए यो जीवाणु किर्नाजस्तो देखिने किराले बोकेको हुन्छ जुन किरा मुसामा पाइने उनी बताउँछन्

स्क्रब टाइफसले समयमा उपचार नगरी हेलचेक्य्राइँ गरे मानिसको ज्यान पनि जान सक्ने भएका कारण ज्वरो आउने शरीर दुख्ने भएमा वेलैमा अस्पताल जान पनि डा. घिमिरेको सुझाव ज्वरो आयो भने, शरीर दुख्यो भने वेलैमा अस्पताल जानुपर्छ समयमा उपचार गर्न सकिएन भने मानिसको ज्यान पनि जान सक्छ, उनले भने, ‘कीटाणुले टोकेपछि स्क्रब रगतमा गएर छोटो समयमा निमोनिया हुने, किड्नी इन्जयुरी हुने हुन्छ समयमा उपचार गरेन भने अवस्था गम्भीर हुन सक्छ

यसरी बच्न सकिन्छ

डा. घिमिरेका अनुसार यो मुसामा लाग्ने किर्नाजस्तो किरा हो तसर्थ मुसा आउने ठाउँ रोक्नुपर्ने उनी बताउँछन् यो ओसिलो ठाउँमा पाइने किरा भएका कारण जंगल जाँदा ध्यान दिनुपर्ने उनको भनाइ यस्तै, लामो लुगा लगाउने, घर छेउको झाँडी फाड्ने, भुइँमा बस्दा केही ओछ्याएर बस्नुपर्ने डा। घिमिरेको सुझाव यस्तै, यो किरा पुराना काठमा बस्ने भएका कारण पुराना काठ भएको ठाउँमा जाँदा ध्यान दिन उनको सुझाव

सम्बन्धित समाचार