२०८३ बैशाख ६ गते , आईतबार

सुरक्षा व्यवसायी बस्नेत एमालेमा प्रवेश गर्दै

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २८ गते , शनिबार
सुरक्षा व्यवसायी बस्नेत एमालेमा प्रवेश गर्दै

बिर्तामोड एक दशकभन्दा लामो समयदेखि सुरक्षा गार्ड व्यवसायीको रुपमा परिचित सफल व्यवसायी रमेश बस्नेत नेकपा एमाले प्रवेश गर्ने भएका छन पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट गरिसकेका बस्नेत चाँडै एमालेमा प्रवेश गर्ने तयारीमा जुटेको उनी निकट श्रोतले जानकारी दिएको

पाँचथरमा जन्मिएर झापा दमकमा हुर्केका बस्नेत यतिबेला काठमाण्डौमा सेभेन स्टार सेक्युरिटी सर्भिस नामक सुरक्षा सेवा प्रदायक कम्पनी सञ्चालन गरिरहेका छन् एमालेले भाद्र गते झापाको दमकमा आयोजना गर्न लागेकोे कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा पार्टी अध्यक्ष ओलीले बस्नेतलाई स्वागत गर्ने कार्यक्रम रहेको श्रोतको भनाई

विद्यार्थी कालदेखिनै राजनितीमा सक्रिय बस्नेत नेपाल शिव सेना पार्टीको तर्फबाट २०७० सालमा तत्कालिन झापा क्षेत्र नम्बर बाट केपी ओलीसँग चुनाव लडेका थिए त्यसपश्चात उक्त पार्टीको नीति तथा गतिविधीका कारण अलग्गिएका बस्नेत अन्य दलहरुसँग समन्वयकारी भूमिकामा थिए पछिल्लो समय उनी एमालेका नेताहरुसँग निकट रहदै आएको पार्टी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको श्रोतको दावी

सम्बन्धित समाचार