२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ३ गते , शुक्रबार
कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर

काठमाण्डौ नेपाली कांग्रेसका नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीलाई भेटेपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गरेको अरुलाई पनि गर्न आग्रह गरेका छन्

गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शुक्रबार मेडिसिटी अस्पताल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका हुन् अस्पतालबाट फर्किँदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु स्तब्ध निरीह छु ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु सबैले प्रार्थना गरौं

साउन दोस्रो साता भर्ना भएका नेता गिरीको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई आईसीयूमा राखेर उपचार जारी राखिएको गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको अस्पतालले जनाएको

सम्बन्धित समाचार