२०८३ बैशाख ६ गते , आईतबार

वाणिज्य संघद्वारा सरोकारवालासँग अन्तर्कृया सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २२ गते , बुधबार
वाणिज्य संघद्वारा सरोकारवालासँग अन्तर्कृया सम्पन्न

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग अन्तर्कृया सम्पन्न गरेको छ । बुधबार बिहान संघको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
संघले दँशै तिहार लगायत चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरी, इलाका प्रहरी, नगरपालिका लगायत विभिन्न सरोकारवाला निकायसँग अन्तर्कृया गरेको कार्यक्रमका अध्यक्ष तथा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । चाडबाडको समयमा बजारमा ग्राहकको भिड बढ्ने हुँदा ट्राफिक ब्यवस्थापन सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरिएको उनले बताए । त्यस्तै शान्तिसुरक्षालाई मजबुत बनाउन इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरलाई अनुरोध गरिएको उनको भनाई छ । त्यस्तै चाडबाडको समयमा पटक पटक विद्युत अवरोध हुने समस्यालाई समाधान गर्न विद्युत प्राधिकरण अनारमनीलाई जानकारी गराइएको बताइएको छ । त्यस्तै कोरोना महामारीका कारण ब्यवसायीहरु समस्यामा रहेका कारण करको दरमा सहुलियत दिनसमेत आग्रह गरिएको न्यौपानेले बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक जबेगु, इप्रका अनारमनीका प्रमुख कुँवर, बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिनोद न्यौपाने, विद्युत प्राधिकरण लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार