रोकिएन नदि दोहन, तीन वटा ट्याक्टर नियन्त्रण
बिर्तामोड । झापाका नदिहरुमा हुने नदिजन्य पदार्थको दोहन अझै नियन्त्रण हुन सकेको छैन । बुधबार नदिजन्य पदार्थको अवैध उत्खनन् भइरहेको अवस्थामा झापाका विभिन्न खोलाबाट प्रहरीले तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मेचीनगर-७ पालिया खोलाबाट प्रदेश १-०१-००२ त १०८ नं.को ट्याक्टरले अबैध रुपमा नदिजन्य बालुवा उत्खनन् गरी लाने क्रममा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागी मेचिनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अर्जुनधारा-७ स्थित फुलमति खोलाबाट मे १ त ५८७९ र मे १ त ७२१४ नम्बरको दुई वटा ट्याक्टरले ढुङ्गा, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।