२०८३ आश्विन १७ गते , शनिबार

४८ दलले बुझाए समानुपातिकको बन्दसूची

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ४ गते , मंगलबार
४८ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।

आइतबार चार दलले बन्दसूची पेस गरेकोमा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभातर्फ  प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् । आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ ।

सम्बन्धित समाचार