२०८३ आश्विन १७ गते , शनिबार

पत्रकार महासंघ उपाध्यक्ष संग्रौलालाई पति शोक

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १० गते , सोमबार
पत्रकार महासंघ उपाध्यक्ष संग्रौलालाई पति शोक

बिर्तामोड । पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष शुसिला संग्रौलालाई पति शोक परेको छ । संग्रौलाका श्रीमान देविप्रसाद पोखरेलको आइतबार बिहान मृत अवस्थामा शव फेला परेको हो ।

बिर्तामोड–४ निवासी ५४ बर्षीय पोखरेलको शव झापाको चारआलीस्थित कालिझोडा चोक नजिकै सडकको उत्तर तर्फ जंगलमा  मृत अवस्थामा फेला परेको थियो ।

शरीरमा कुनै पनि चोटपटक नदेखिएको र शवबाट विषको गन्ध आइरहेकाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टम पश्चात पोखरेलको शव आजै साँझ ५ बजे कनकाई आर्यघाटमा अन्त्येष्टिसमेत गरिएको छ । पोखरेलको एक छोरा र एक छोरी छन् ।

सम्बन्धित समाचार